Shubhashree Mobile Banking


|| प्रविधीमा सहकारी : शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड – मध्यपुर थिमि ४, भक्तपुर ||

यही आषाढ ११ गते शनिबारका दिन एक कार्यक्रममा शुभश्री बचत तथा सहकारी संस्थाले सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा जोडेर वित्तीय कारोवार मोवाईलबाट गर्नु पर्छ भन्ने मान्यतामा रहेर एमबैक, फिनएक्ट प्लस सफ्टवेर र सहकारी संस्था बिच अत्याधुनिक मोवाईल बैकिगं सेवा एम बैक –"एप एक सुविधा अनेक" को लागि सम्झौता सम्पन भएको छ ।

अनलाइन वित्तीय प्रविधिको बढदो विकास र सदस्यहरुको आवश्यकता र चाहाना स्वरुप अब बैंकिङ सेवा आफ्नै मोबाइलमा प्रयोग गर्न सकिने छ। यस मार्फत सदस्यज्युहरूले घरबाटै शुभश्री सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, मोवाईल रिचार्ज, सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, अनलाइन रेमिटान्स लगाएत अन्य थुप्रै सेवाहरू सजिलै लाभ लिन सक्नेछन् ।