न्यूनतम शेयर कित्ता सम्बन्धमा
उपरोक्त सम्बन्धमा मिति २०७४÷०७÷११ गतेको दिनमा बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाका शेयर सदस्यहरुले न्यूनतम १० (दश) कित्ता शेयर खरिद गरि कारोबार गर्नुपर्ने र विगतमा १ (कित्ता) शेयर लिई कारोबार गर्दै आउनु भएका सदस्यहरुले पनि सोही अनुसार शेयर कायम गर्नु पर्ने निर्णय भएको हुनाले हाल १ कित्ता शेयर लिई कारोबार गर्दै हुनु भएका सम्पूर्ण शेयर सदस्यहरुलाई थप ९ (नौ) कित्ता लिई कारोबार गर्नुहुन र नयाँ शेयर सदस्य हुन चाहनुहुने महानुभावहरुलाई १०(दश) कित्ता शेयर लिई कारोबार गर्नुहुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गर्दछौं ।