Events | Shubhashree

Single Event


image not available

दशौँ बार्षिक साधारण सभा २०७४

मध्यपुर थिमि मिति २०७४ कार्तिक २५ गते शनिबार “आर्थिक तथा सामाजिक बिकासका लागि बचत गरौँ ।” मूल नाराका साथ स्थापित शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.,मध्यपुर थिमि ४,शंखधरचोकको दशौँ बार्षिक साधारण सभा २०७४ राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष श्री दक्ष पौडेल ज्यूको प्रमुख आतिथ्यतामा शंखधर पार्टि प्यालेस,मध्यपुर थिमिमा भव्यताका साथ संस्थाका अध्यक्ष श्री ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । सो कार्यक्रममा सहकारी बिद् श्री बिमलकुमार निरौला, नेपाल बचत तथा ऋण सहकारी संघ लि. नेफस्कुनका सञ्चालक सदस्य श्री नानीकाजी शाक्य, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरका कोषाध्यक्ष श्री कृष्ण गोबिन्द लाखाजु, जिल्ला सहकारी संघ लि., भक्तपुरका अध्यक्ष श्री महेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले सहकारीको महत्व बारे बोल्नु भयो । संस्थाका सचिब काशीभक्त कायष्ठज्यूले उदघोषण गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री श्याम सुन्दर कायष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै संस्थाका कोषाध्यक्ष श्री रत्न मान श्रेष्ठले अर्थिक प्रतिवेदन प्रस्तुुत गर्नुहुन्दै आ.व.२०७४÷०७५को अनुमानित आय ब्यय अनुमोदनका लागी प्रस्तुत गर्नु भयो । लेखासुपरीबेक्षण समितिको तर्फबाट गोपाल श्रेष्ठले लेखा प्रतिबेदन प्रस्तुत गरिनुका साथै सञ्चालक श्री राजेश श्रेष्ठले धन्यबाद ज्ञापन गर्नु भयो । सो कार्यक्रममा शेयर सदस्यका छोरा छोरीको शैक्षिक बिकासमा प्रोत्साहन गर्ने उद्देश्यले २०७३ सालको एस ई ई परीक्षामा बढी नतिजा ल्याउन सफल छात्र श्री रजिन खत्री तथा छात्रामा सुश्री लसता श्रेष्ठलाई प्रोत्साहन स्वरूप नगद, सम्मान तथा कदर पत्र पुरस्कारबाट पुरस्कृत गरियो । त्यस्तै राष्र्टि«य खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्नु हुने सदस्य श्री मण्डेकाजी श्रेष्ठलाई सम्मान गर्नुका साथै संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने श्री टिका राम पोखरेल तथा श्रीमति लक्ष्मी शोभा शाक्यलाई प्रोत्साहन स्वरूप कदर तथा सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै बृद्ध सदस्य तर्फ श्री रत्न बहादुर तमिदेवा श्रेष्ठ र बृद्धा तर्फ श्री लक्ष्मी थापा एवम् शेयर सदश्यहरुको पूर्ण स्वास्थ्य परिक्षण कार्यक्रम ९ँगिि द्ययमथ ऋजभअप गउ अबmउ०मा सहयोग गर्नु हुने शंखधर फार्मेसीका प्रोप्राटर श्री प्रबेश पिला श्रेष्ठलाई सम्मान गरियो । त्यस्तै बर्षको उत्कृष्ट कर्मचारी तर्फ सुश्री सुभेक्षा बज्राचार्य लाई सम्मान गरियो । बाल बचत तर्फ सदस्य श्री दिनेश श्रेष्ठ र सरिना श्रेष्ठकी सुपुत्री श्री दृष्टि श्रेष्ठलाई सौजन्य उपहार सहित सम्मन पत्र प्रदान गरियो ।.

All Photos